लक्ष्मी ब्यांकको ‘ब्रान्ड फिल्म’ निर्मातालाई २० लाख पुरस्कार
लक्ष्मी ब्यांकले ‘ब्रान्ड फिल्म’ बनाउने निर्मातालाई २० लाख पुरस्कार दिने भएको छ।
यसका लागि ब्यांकले क्राउडसोर्सिङ प्रतियोगिता घोषणा गरेको छ। प्रतियोगिताका विजेताले २० लाखको कन्ट्र्याक्ट पाउने भएका हुन्।
ब्यांकले ‘रिलेशनशिप्स’, ‘इक्सप्लोर्स’, ‘टीमवर्क’, ‘रेस्पोन्सिबल’ र ‘प्रोग्रेसिभ’ लाई मूल मन्त्र बनाएर २० वर्षे यात्रा तय गरेको जनाएको छ। यसकै आधारमा ‘ब्रान्ड फिल्म’ आह्वान गरेको छ।
यसरी आएका फिल्मलाई विज्ञ टोलीले छनोट गर्ने ब्यांकले जनाएको छ। विजेता फिल्म निर्माताले २० लाखको कन्ट्र्याक्ट पाउनेछन्।
यसअघि पनि ब्यांकले क्राउडसोर्सिङका आधारमा ‘माई कार्ड आइडियाज’ र ‘माई मोबाइल मनी’ भिडिओ प्रतियोगिता गरेको थियो।