ट्राफिक प्रहरीलाई ज्योति ब्यांकको सहयोग
ज्योति विकास ब्यांकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्ड प्रदान गरेको छ।
बिहीबार एक कार्यक्रमबीच ब्यांकको कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक रामकृष्ण देवकोटालाई सहयोग हस्तान्तरण गरेका छन्।
सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सहयोग गरिएको ब्यांकले जनाएको छ।