'वर्ल्ड भ्लग च्यालेन्ज' घाेषणा
वर्ल्ड भ्लग च्यालेन्ज २०२१ काे घाेषणा गरिएकाे छ।
२० अक्टोबरदेखि ५ नाेभेम्बर २०२१ मा ६ देशका ११ जना भ्लगरलाई सगरमाथामा लगिएकाे थियाे। उनीहरूले १० दिनसम्म हिमालय ग्लेसियरकाे जलवायु परिवर्तनबारे भिडिओ बनाएका थिए।
काठमाडौंमा आयाेजित एक कार्यक्रममा पाँच महीनापछि भ्लगर च्यालेन्जका विजेता घाेषणा गरिने वर्ल्ड भ्लगर च्यालेन्जका संस्थापक श्री गुरुङले जानकारी दिए।
वर्ल्ड भ्लग च्यालेन्जकाे सामाजिक सञ्जालमा राखिएकाे प्रतिस्पर्धीकाे भिडिओ भाेटिङका आधारमा उत्कृष्ट पाँच भिडियाे छनोट हुनेछन्। त्यसपछि पाँच सदस्यीय निर्णायक मण्डलले तीन जना भ्लगरकाे उत्कृष्ट भिडिओ छनोट गर्नेछ।
विजेताले ५० हजार डलर, दाेस्राे हुनेले ३० हजार डलर र तेस्रो हुनेले २० हजार डलर पुरस्कार पाउने आयोजकले जनाएको छ। पार्टी नेपाल डटकमले आयाेजना गरेकाे याे च्यालेन्जमा नेपाल पर्यटन बाेर्ड, यूएनडीपी, अमेरिकी राजदूतावास र इसिमाेडले सहयाेग गरेका छन्।
कार्यक्रममा उपस्थित नेपाल पर्यटन बाेर्डका अध्यक्ष धनञ्जय रेग्मीले याे भ्लग च्यालेन्जले नेपाललाई संसारसामु चिनाउने बताए। “हिमालमा भएकाे परिवर्तनलाई दुनियाँसामु प्रस्तुत गर्नुपर्छ भन्ने मेराे साेच थियाे, याे इभेन्टले सहयाेग गर्छ,” रेग्मीले भने।
संस्थापक गुरुङले नेपालकाे पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असर देखाउन च्यालेन्ज आयाेजना गरिएकाे बताए।