बागमतीको संसदीय समितिमा सिलवाल र पोखरेल निर्विरोध निर्वाचित
बागमती प्रदेश सभाका दुई वटै संसदीय समितिको सभापतिमा नेकपा (एमाले) का सांसद निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश सभाको अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्वाचित भएका हुन्। संसदीय समितिमा एमालेको बहुमत रहेका कारण सत्तारूढ गठबन्धनले उम्मेदवारी नै दिएन।
अर्थ र शिक्षा समितिको बैठकमा एमालेका १२ जना उपस्थित थिए। उनीहरूले सिलवाल र पोखरेललाई विजयी घोषणा गरेका हुन्। अर्थ समितिमा २० र शिक्षा समितिमा १९ सांसद छन्।