मुक्तिनाथ ब्यांकका ग्राहकले अनलाइन शपिङमा छूट पाउने
मुक्तिनाथ विकास ब्यांकका ग्राहकले ‘बजेट पसल डटकम’ बाट शपिङ गर्दा छूट पाउने भएका छन्।
यसका लागि ब्यांक र बजेट पसलबीच व्यावसायिक सम्झौता भएको ब्यांकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए। सम्झौता अनुसार, मुक्तिनाथ ब्यांकका ग्राहकले बजेट पसल डटकमबाट रु.तीन हजारभन्दा बढीको सामान खरीद गर्दा पाँच प्रतिशतसम्म छूट पाउनेछन्।
आफ्ना ग्राहकको सजिलोका लागि मुक्तिनाथ ब्यांकले भिसा नेटवर्कमा रहेका जुनसुकै ब्यांकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्ने सकिने व्यवस्था गरेको छ।