आज ६८२७ मा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु
कोभिड-१९ को परीक्षण कम हुँदा आज पनि सङ्क्रमितको सङ्ख्या केही घटेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज १९ हजार ८६९ स्वाब परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबार २१ हजार ८०८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना देखिएको थियो।
आज सङ्क्रमण पुष्टि भएकामध्ये १३ हजार ७९१ को पीसीआर परीक्षण गर्दा चार हजार ८०७ जनामा र ६ हजार ७८ को एन्टिजेन परीक्षण गर्दा दुई हजार २० जनामा कोरोना देखिएको हो।
कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। बिहीबार कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६९७ पुगेको छ।
त्यस्तै, पाँच हजार ४३२ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ४२ हजार ४३६ पुगेको छ।