गण्डकीबाट कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी कमला पन्त तथा माओवादीका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन्। महिलातर्फ पन्तले तीन हजार ८४ मतभार प्राप्त गरेकी छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले दुई हजार ७२४ मतभार प्राप्त गरिन्।
त्यस्तै, दलिततर्फ निर्वाचित सुनारले तीन हजार ३० र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अर्जुनकुमार सुनामले दुई हजार ७२४ मतभार प्राप्त गरेका छन्।
अन्यतर्फबाट निर्वाचित माओवादीका आलेमगरले तीन हजार ९६ मतभार प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद पौडेलले दुई हजार ६९४ मतभार प्राप्त गरेका छन्।