मधेशबाट माओवादी उम्मेदवार उर्मिला अर्याल निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी अर्यालले ६ हजार १५६ मतभार प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रूपाकुमारी यादवले तीन हजार २२८ मतभार प्राप्त गरेकी छन्।
मधेशमा नेकपा (एमाले) र लोसपाबीच तालमेल भएको थियो। तथापि, सत्तारूढ गठबन्धनकै उम्मेदवार निर्वाचित भएकी छन्।
राष्ट्रिय सभाका दुई सीटका लागि निर्वाचन भएको थियो। अन्यतर्फको मतगणना जारी छ।