मोरिसससँग खेल्न नेपालका दुई टोली घोषणा
मोरिसससँगको मैत्रीपूर्ण फूटबल प्रतियोगिताका लागि अखिल नेपाल फूटबल संघ (एन्फा) ले नेपालका दुई टोली घोषणा गरेको छ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले बुधबार दुई वटा टोली घोषणा छनोट गरेका हुन्। मोरिसससँग १५ र १८ माघमा काठमाडौंको दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ।
राम्रो नतीजाभन्दा पनि खेलाडीलाई अनुभव बटुल्नका लागि दुई वटा टीम बनाएको प्रशिक्षक अल्मुताइरीले बताए। बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीबाट उनले दुई टीम छनोट गरेका हुन्।
पहिलो खेलका लागि किरण लिम्बू, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छेन्जू र जगजीत श्रेष्ठ छनोट भएका छन्।
त्यस्तै, दोस्रो खेलका लागि किरण लिम्बू, विशाल श्रेष्ठ, शत्रुघ्न चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यू ठकुरी, पूजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आशिष राई, अरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ राष्ट्रिय टोलीमा परेका छन्।
नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मोरिससको टोली काठमाडौं आइसकेको छ। दुवै खेलमा एक तिहाइ दर्शकलाई दशरथ रङ्गशाला प्रवेश गर्न दिइने भएको छ।
यसका लागि एन्फाले दुई वटा टिकटको व्यवस्था गरेको छ। साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजारमा टिकट खरीद गर्न सकिनेछ।