कोरोना परीक्षण शुल्क घट्यो, अब सरकारीमा ८ सय, निजीमा १५ सय
सरकारले कोरोनाभाइरस परीक्षणको शुल्क केही घटाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण गराउन सरकारीमा आठ सय र निजी अस्पतालमा रु.एक हजार पाँच सय तोकेको छ। यसअघि सरकारीमा एक हजार र निजीमा दुई हजार परीक्षण शुल्क तोकिएको थियो।
बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले परीक्षण किटको मूल्य घटेकाले शुल्क घटाइएको बताए।
त्यस्तै, सरकारी ल्याबमा कोरोना सङ्क्रमणको लक्षण भएकालाई निःशुल्क परीक्षण गरिराखिएको समेत प्रवक्ता अधिकारीले बताए।