संविधानसभा सदस्यहरुलाई ‘संविधानसभा पदक’
सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ ।
पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिएको हो ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रको तर्फबाट पदकसहित सम्मान प्रदान गरिन् ।
बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।
मन्त्रिपरिषद्ले संविधानको भाग ३२ अन्तर्गत धारा २७७ (१) बमोजिम सभाषदहरुलाई सम्मानका लागि सिफारिश गरेको थियो ।
नेपालमा २८ चैत २०६४ पहिलो र ४ मङ्सिर २०७० गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो।