खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा
नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ।
गत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ। ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ।
रमका पारखीहरूले ‘खुकुरी ट्रिपल एक्स रम’ मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन्। ग्राहकको त्यही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट सम्मिश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो।
यसअघि जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो।