खोप केन्द्रमा बढ्यो भीड (तस्वीरहरू)
काठमाडौं उपत्यकाका खोप केन्द्रहरूमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरूको भीड बढेको छ। कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेसँगै सरकारले ब्याङ्क, सरकारी कार्यालय लगायत ठाउँमा जान खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेहरू बढेका हुन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पनि खोप लगाउन गएकाहरूको मंगलबार भीड देखियो।
सरकारले अहिले खोपको पहिलो, दोस्रो र अतिरिक्त मात्रा सबै अस्पतालहरूबाट दिइरहेको छ।टेकु अस्पतालका प्रशासन प्रमुख नवराज गौतमका अनुसार, सबैलाई खोप दिइरहेका कारण अस्पतालमा भीड बढेको छ।
"सरकारले तोकेका अग्रपङ्क्तिमा खट्ने व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिइरहेका छौं भने अन्यलाई पहिलो र दोस्रो मात्रा दिइरहेका छौं," उनले भने।