ललितपुर महानगरमा आजबाट बुस्टर डोज खोप, कहाँ कहाँ लगाइँदै छ?
ललितपुर महानगरपालिकामा अग्रपङ्क्तिमा खटिएकालाई आजबाट कोभिड-१९ विरुद्धको खोपको बुस्टर डोज लगाइँदै छ।
अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, फोहोर सङ्कलन सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था), ब्यांकिङ सेवा, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालकले बुस्टर डोज लगाउन पाउनेछन्।
ललितपुर महानगरपलिकाले विज्ञप्ति निकाल्दै यी वर्गलाई माघ ४ देखि ६ गतेसम्म खोप लगाउन सूचना जारी गरेको छ। खोप महानगर क्षेत्रका यी आठ अस्पतालमा लगाइँदै छ:
सर्वाङ्ग अस्पताल, वडा नं. १० कानदेवस्थान
स्टार अस्पताल, वडा नं. २ सानेपा
सुमेरु सिटी अस्पताल, वडा नं. ३ पुल्चोक
अल्का अस्पताल, वडा नं. ४ खरिबोट
निदान अस्पताल, वडा नं. ३ पुल्चोक
बी एन्ड बी अस्पताल, वडा नं. १७ ग्वार्को
मेडिसिटी अस्पताल, वडा नं. १८ नख्खु
सुमेरु अस्पताल, वडा नं. २३ धापाखेल ।