सेञ्चुरी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन्।
सेञ्चुरी ब्यांकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका नवनियुक्त सीईओ श्रेष्ठले आइतबार नै पदभार ग्रहण गरेका छन्। उनी यसअघि ब्यांकको प्रमुख बजार अधिकृतका रूपमा कार्यरत थिए।
वाणिज्यशास्त्रमा स्नातकोत्तर उनले हिमालयन ब्यांंक, सिद्धार्थ ब्यांक र सेञ्चुरी ब्यांकमा विभिन्न पदमा रहेर उनले २० वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन्।