काठमाडौंका १७ स्थानबाट बुस्टर डोज दिइँदै
सरकारले आजबाट अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई कोभिड-१९ विरुद्ध बुस्टर डोज दिन लागेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट बुस्टर डोज दिने बताएको थियो। तर, तयारी नपुगेपछि आजबाट बुस्टर डोज दिन लागिएको जनाइएको छ।
पहिलो चरणमा अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिन लागिएको हो। त्यसपछि १४ माघदेखि ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १७ स्थानबाट बुस्टर डोज दिने व्यवस्था गरिएको छ। कोरोना विरुद्धको पूर्ण खोप लगाएको ६ महीना पुगेका व्यक्तिले बुस्टर डोज लगाउन सक्नेछन्।
काठमाडौंमा बुस्टर डोज दिने स्थानः
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु
शहीद मेमोरियल अस्पताल, कलंकी
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
लोत्से भवन, नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, रत्नपार्क
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
बयोधा अस्पताल, बल्खु
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
निजामती अस्पताल, नयाँ बानेश्वर
एपेक्स पोलिक्लिनक, जडीबुटी
काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, सामाखुसी
जनमैत्री अस्पताल, बालाजु
नर्भिक अस्पताल, थापाथली
शुभेच्छा अस्पताल, सीतापाइला
नोबेल अस्पताल, सिनामंगल।