टाटाको नयाँ विद्युतीय कार नेपाली बजारमा आउँदै
टाटा मोटर्सको नयाँ विद्युतीय कार टिगोर ईभी नेपाली बजारमा आउन लागेको छ।
टाटाको टिगोर नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा रुचाइएको छ। त्यसैका आधारमा टाटा मोटर्सले टिगोरका विद्युतीय मोडल बजारमा ल्याएको हो।
तीन महीनाअघि सार्वजनिक भएको टिगोर ईभीले राम्रो बजार पाएको छ। भारतमा यसको शुरूआती मूल्य ११ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ।
यो नेपाल भित्रिएपछि टाटाका दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछन्। यसअघि नेक्सन ईभी नेपाली बजारमा आइसकेको छ। यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ।