अग्रपङ्क्तिका व्यक्तिलाई २ माघबाट बुस्टर डोज
सरकारले पहिलो चरणमा अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई २ माघबाट बुस्टर डोज दिइने भएको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार बुस्टर डोज दिन लागिएको परिवार कल्याण महाशाखाकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतले जनाएकी छन्।
दोस्रो चरणमा ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ। उनीहरूलाई १४ माघदेखि बुस्टर डोज दिइने भएको छ।
कोरोना विरुद्धका दुवै डोज वा पूर्ण खोप लगाएको ६ महीना भएका व्यक्तिलाई बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।