अप्सराको मूर्ति २३ वर्षपछि अमेरिकाबाट ल्याइँदै
काठमाडौंको इतुमबहालस्थित केशचन्द्र महाविहारबाट हराएको अप्सरा (गन्धर्व)को मूर्ति २३ वर्षपछि नेपाल फर्किने भएको छ।
सन् १९९९ मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकाको न्यूर्योकस्थित रुबिन म्युजियम अफ आर्टमा रहेको छ। सन् २००३ देखि आर्टले संरक्षित राखेको यो मूर्ति १४औं शताब्दीमा बनेको हो।
योसँगै याम्पी महाविहार इबहि, पाटनबाट हराएको १७औं शताब्दीका तोरण पनि नेपाल ल्याइने भएको छ।
सोमबार एक कार्यक्रमबीच रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट ब्रिट्स्गी र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख विष्णुप्रसाद गौतमले मूर्ति फर्काउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
मूर्ति फिर्ता गर्ने सम्झौतामा हस्तक्षर गर्दै गौतमले नेपालको हराएका मूर्तिलाई फिर्ता गर्ने अभियानमा साथ दिएकोमा आभार व्यक्ति गरेका छन्।
त्यस्तै, ब्रिट्स्गीले मूर्ति तथा कलाको चोरी विश्वभरि नै समस्या रहेको बताउँदै आर्टले व्यवसायिक तथा नैतिक दायित्व सँधै पूरा गर्ने र सांस्कृतिक सम्मान गर्ने भएकाले मूर्ति फिर्ता गर्ने निर्णय गरेको बताए।