१२ देखि १७ वर्षका विद्यार्थीलाई एक हप्ताभित्र खोप
काठमाडौंका १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई एक हप्ताभित्र कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार जिल्ला स्वास्थ्य कार्यालयलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको हो। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहहरूसँगको समन्वयमा विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्नेछ।
कोभिड-१९ को संक्रमण बढ्दै गएपछि ७ माघदेखि सार्वजनिक स्थानमा जाँदा खोप लगाएको प्रमाण देखाउनु पर्ने जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ।
आदेशमा २५ जना भन्दा बढी भेला हुने गतिविधि नगर्न र जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ।