विद्यार्थीलाई मोडर्ना खोप (तस्वीरहरू)
कोभिड-१९ विरुद्धको मोडर्ना खोप काठमाडौं उपत्यकामा विद्यार्थीलाई लगाउन थालिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीनै जिल्लामा विद्यार्थीलाई खोप दिन थालिएको जनाएको छ। विद्यालय बन्द भए पनि खोप अभियान भने निरन्तर चल्ने भएको छ।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका-४ ठिमीमा विद्यार्थीलाई खोप लगाइएको छ। १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई खोप लगाइएको हो।