सीसीएमसीका १३ सिफारिश: मेला-महोत्सवमा रोकदेखि 'स्मार्ट लकडाउन'सम्म (सूची सहित)
कोभिड-१९ को सम्भावित तेस्रो लहर रोक्न फेरि जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिने भएको छ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले यसका लागि सरकारलाई १३ वटा सिफारिश गरेको छ। सीसीएमसीले मेला, महोत्सव, राजनीतिक सम्मेलन, भेलामा रोक लगाउन सिफारिश गरेको छ।
त्यस्तै, 'स्मार्ट लकडाउन'लाई कार्यान्वयनमा ल्याउन सिफारिश गरिएको छ। जसमा कोरोनाभाइरसको संक्रमणको अवस्था हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तोकिएको क्षेत्रमा बन्दाबन्दी गर्न सक्नेछन्।
यसैगरी, १५ माघसम्म विद्यालय बन्द गर्न सिफारिश गरिएको छ। संक्रमण कम भएका स्थानीय तहमा समन्वय गरेर विद्यालय सञ्चालन गर्नसक्ने व्यवस्था मिलाइएको छ।