सन्राइज ब्यांकबाट कपाल प्रत्यारोपण गर्न कर्जा पाइने
सन्राइज ब्यांक लिमिटेडले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ।
ब्यांकले ‘बाई नाउ, पे लेटर’ योजना अन्तर्गत विभिन्न सेवा र सुविधामा किस्ताबन्दी सेवा दिंदै आएको छ। यसै अन्तर्गत ब्यांकले सिद्धार्थनगर सिटी अस्पतालसँग पनि सम्झौता गरेको हो।
सम्झौता अनुरूप, सिद्धार्थनगर सिटी हस्पिटलमा कपाल प्रत्यारोपण तथा कस्मेटिक उपचार गरेका ग्राहकले सन्राइज ब्यांक मार्फत मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।
ब्यांकले कपाल प्रत्यारोपणका लागि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म विना धितो शून्य ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ। १८ महीनासम्म तिर्न मिल्ने कर्जाका लागि आयस्रोत खुलाउनुपर्नेछ।
यसअघि पनि ब्यांकले चितवन मेडिकल कलेज शिक्षण अस्पताल, फेवा हेल्थ केयर, पोखरा लगायतसँग पनि कर्जा सम्झौता गरिसकेको छ।