नेपाल ब्यांकको डिजिटल ब्यांकिङ साक्षरता अभियान
नेपाल ब्यांक लिमिटेडले कञ्चनपुरको भीमदत्त, महेन्द्रनगर र सुदूरपश्चिम विश्वद्यालय, केन्द्रीय क्याम्पसमा डिजिटल ब्यांकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
डिजिटल ब्यांकिङका प्रविधिमा अभ्यस्त गराउने र वित्तीय पहुँच अभिवृद्धिका लागि साक्षरता अभियान चलाइएको ब्यांकले जनाएको छ।
तीन स्थानकै कार्यक्रम गरेर करीब ३०० जना विद्यार्थी तथा स्थानीयबासीको सहभागिता थियो।