एनएमबि ब्यांकले साढे १२ प्रतिशत बोनस शेयर दिने
२२ पुसमा एनएमबि ब्यांकको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गरेको हो।
साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात् ब्यांकको चुक्ता पूँजी रु.१८ अर्ब ३६ करोड पुग्नेछ।
ब्यांकले गत असारसम्म रु.२ अर्ब ७१ करोड खुद नाफा गरेको छ। त्यस्तै, रु.१ खर्ब ६६ अर्ब निक्षेप र रु.१ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको छ।
दी फिनान्सियल टाइम्स, लन्डनद्वारा ‘ब्यांक अफ दी इएर एशिया २०२१’ र ‘ब्यांक अफ दी इएर नेपाल २०२१’ बाट एनएमबि सम्मानित समेत भएको छ। ब्यांकले यसअघि तीन पटक ‘ब्यांक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबि ब्यांकका देशभर २०१ शाखा र १३८ एटीएम छन्।