ग्लोबल आइएमई ब्यांकको किसान कार्ड मार्फत कृषि कर्जा
ग्लोबल आइएमई ब्यांक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच सम्झौता भएको छ।
कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो।
समझदारीपत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डी इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी र नगरपालिकाकी उपमेयर विणादेवी राईले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, ग्लोबल आइएमई ब्यांकले आर एन्ड डी इनोभेटिभ तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिशमा व्यावसायिक कृषकलाई ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालिले कृषक पहिचान तथा कृषकलाई आवश्यक तालीम प्रदान गर्नेछन्।