ज्योति विकास ब्यांकद्वारा ट्राफिक लाइट हस्तान्तरण
ज्योति विकास ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौंको कमलादीमा ट्राफिक लाइट निर्माण गरेको छ।
उक्त ट्राफिक लाइट २१ पुसमा आयोजित समारोहबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरिएको हो।
ब्यांकका सञ्चालक समितिका सदस्य तथा कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा सदस्य अशोककुमार श्रेष्ठले संयुक्त रूपमा ट्राफिक लाइटको उद्घाटन गरेका हुन्।
ज्योति विकास ब्यांकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।