सन्राइज रेमिट मुद्दती खाता
सन्राइज ब्यांक लिमिटेडले ‘सन्राइज रेमिट मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।
विदेशमा रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको ब्यांकले जानकारी गराएको छ।
उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो रहेको ब्यांकको भनाइ छ।
यस खाता खोल्न विदेशमा श्रम गरी नेपालमा पैसा बुझेको भुक्तानी कागज आवश्यक पर्छ। यो खाता देशभर रहेका १३९ वटा शाखाबाटै खोल्न सकिने ब्यांकले जनाएको छ।
सन्राइज ब्यांकका १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित ब्यांकिङ इकाइ छन्।