नेप्से परिसूचक ३०.७५ अङ्कले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार
बुधबार शेयर बजार परिसूचक (नेप्से) ३०.७५ अङ्कले घटेको छ।
२६८७.७५ बिन्दुबाट शुरू भएको कारोबार २६५० बिन्दुमा पुगेर रोकिएको हो। परिसूचक भारी अङ्कले घटे पनि कारोबार रकम चाहिं ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँ पुगेको छ। पछिल्ला केही दिन कारोबार रकम ४ अर्ब आसपास देखिन्छ।
आज २३६ कम्पनीको ९५ लाख ५९ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।
बुधबार मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ। त्यसै गरी छ्याङ्दी जलविद्युत्को शेयर मूल्य ५.४९ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५.४० प्रतिशतले बढ्यो।
आज फाइनान्स उपसमूहको सूचक ०.१० र जलविद्युत् उपसमूहको सूचक ०.४९ प्रतिशतले बढे पनि बाँकी उपसमूहको सूचक ओरालो लागेको छ।