सन्राइज ब्यांकको सम्पूर्ण बचत खाता
सन्राइज ब्यांकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।
सन्राइज सम्पूर्ण बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सक्नेछन्। उक्त खातामा ब्यांकले पाँच वर्षका लागि निःशुल्क मोबाइल ब्यांकिङ र भिसा डेबिट कार्ड दिनेछ। साथै, एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने ब्यांकले जनाएको छ।
अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छूट समेत दिइने ब्यांकको भनाइ छ। यस बचत खातामा ग्राहकले रु.८० हजारसम्मको अस्पताल भर्ना खर्च र रु.२० हजारसम्मको खर्च बीमाको रूपमा प्राप्त गर्नेछन्। यसमा पाँच लाखसम्मको दुर्घटना बीमाको सुविधा पनि छ। स्वास्थ्य बीमा योजना भारतका अस्पतालमा उपचार गराउँदा समेत दाबी गर्न सकिनेछ।
सन्राइज ब्यांकका १३९ शाखा, १२ एक्सटेन्सन काउण्टर, १५७ एटीएम र ८३ वटा शाखा रहित ब्यांकिङ इकाइ छन्