ज्योति विकास ब्यांकद्वारा पाँच अस्पताललाई बेबी वार्मर प्रदान
ज्योति विकास ब्यांकले पाँच अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।
ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापना गरेको ‘हाम्रो विकास प्रबद्र्धन कोष’ उक्त सामग्री हस्तान्तरण गरेको हो।
ब्यांकले लिपानिबिर्ता स्वास्थ्य चौकी, परवानीपुर, हेटौंडा अस्पताल, हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी, फापरबारी, चन्द्रनिगाहपुर अस्पताल, चन्द्रनिगाहपुर र इनरुवा अस्पताल, सुनसरीलाई राष्ट्रिय आविष्कार केन्द्रले बनाएका बेबी वार्मर प्रदान गरेको छ।
बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुन्छ। ब्यांकले यसअघि राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा १० अस्पतालाई एक-एक वटा बेबी वार्मर प्रदान गरेको थियो।
ज्योति विकास ब्यांकका १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम छन्।