एनआईसी एशिया ब्यांकको मोबाइल एप एनसेलमा निःशुल्क
एनआईसी एशिया ब्यांकले डिजिटल ब्यांकिङको प्रवर्द्धनका लागि मोबाइल ब्यांकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट ब्यांकिङ एनसेल मार्फत निःशुल्क चलाउन सकिने भएको छ।
ब्यांकका अनुसार, ग्राहकले एनसेलको डाटा प्रयोग गरी यी सुविधा उपभोग गर्दा पैसा लाग्नेछैन। एनआईसी एशिया मोबाइल ब्यांकिङ प्रयोग गरी ग्राहकले अन्तरब्यांक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, ब्यांकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी लगायत सुविधा प्राप्त गर्नेछन्।
साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ)को आवेदन समेत दिन सकिनेछ। मोबाइल एप मार्फत कार्ड विना एटीएमबाट रकम झिक्न समेत सकिने ब्यांकले जनाएको छ।
ब्यांकका मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा छन्।