लक्ष्मी ब्यांकको १०औं एक्सटेन्सन काउन्टर
लक्ष्मी ब्यांकले दशौंं एक्सटेन्सन काउन्टर काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ।
यसको साथ लक्ष्मी ब्यांकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।
ब्यांकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायत वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न वित्तीय पहुँच नपुगेका क्षेत्रमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ।
लक्ष्मी ब्यांकका ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा छन्।