राष्ट्रिय सभा सदस्यमा क-कसले दिए उम्मेदवारी? (सूची सहित)
१९ जना राष्ट्रिय सभा सदस्य चयन गर्न आगामी माघमा हुन लागेको निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेस सहित सत्तारूढ पाँच दलले संयुक्त उम्मेदवार उठाएका छन् भने नेकपा (एमाले)ले सबै स्थानमा उम्मेदवारी दिएको छ।
संघीय संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले बागमती र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश-१ मा उम्मेदवारी दर्ता गरेको छ।
त्यस्तै, प्रदेश-२ मा लोकतान्त्रिक समाजवादी पार्टीले पनि उम्मेदवार उठाएको छ।
प्रदेश–१
अन्य समूहः गुरु बराल (एमाले), गोपालकुमार बस्नेत (कांग्रेस), अमरबहादुर विष्ट (राप्रपा)
महिलाः सुमित्रा भण्डारी (एमाले), जयन्ती राई (एकीकृत समाजवादी), रञ्जु प्याकुरेल (राप्रपा)
अल्पसङ्ख्यकः सोनाम गेल्जेन शेर्पा (एमाले), हेमराज राई (जसपा)
प्रदेश–२
अन्य समूहः उस्मान अन्सारी (एमाले), मोहम्मद खालिद सिद्दीकी (जसपा)
महिलाः विना साह (एमाले), उर्मिला अर्याल (माओवादी), रूपाकुमारी यादव (लोसपा)
बागमती
अन्य समूहः गोपाल शाक्य (एमाले), कृष्णप्रसाद पौडेल (कांग्रेस), कृष्ण तामाङ (नेमकिपा)
महिलाः निरकुमारी ‘निरु’ कुँवर दर्लामी (एमाले), गोमा तिम्सिना (एकीकृत समाजवादी), गीता काफ्ले (नेमकिपा)
गण्डकी
अन्य समूहः पुण्यप्रसाद पौडेल (एमाले), सुरेश आले मगर (माओवादी)
महिलाः लीला पोखरेल थनेत (एमाले), कमला पन्त (कांग्रेस)
दलितः अर्जुन सुनाम (एमाले), भरत सुनार (माओवादी)
लुम्बिनी
अन्य समूहः रामदयाल गुप्ता (एमाले), युवराज शर्मा (कांग्रेस)
महिलाः भारती खनाल (एमाले), राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)
दलितः कृष्णबहादुर सुनार (एमाले), राजेश विश्वकर्मा (जनमोर्चा)
कर्णाली
अन्य समूहः चूडामणि शर्मा (एमाले), उदय बोहरा (एकीकृत समाजवादी)
महिलाः गंगा थापा महत (एमाले), दुर्गाकुमारी गुरुङ (कांग्रेस)
अल्पसङ्ख्यकः पदमबहादुर माझी (एमाले), नरबहादुर विष्ट (माओवादी)
सूदुरपश्चिम
अन्य समूहः डिल्लीराज भट्ट (एमाले), नारायण मिश्र (कांग्रेस)
महिलाः सन्तोषकुमारी शर्मा (एमाले), मदनकुमारी ‘गरिमा’ शाह (एकीकृत समाजवादी)
दलितः नरेश विक (एमाले), जगत पार्की (माओवादी)