मुक्तिनाथ विकास ब्यांक १६औं वर्षमा प्रवेश
मुक्तिनाथ विकास ब्यांक लिमिटेड १६औं वर्षमा प्रवेश गरेको छ।
यही अवसरमा ब्यांकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ।
ब्यांकले प्रदेश–१ मा ४, प्रदेश–२ मा ५, बागमतीमा १३, गण्डकीमा–२ लुम्बिनीमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयको उद्घाटन गरेको हो।
उक्त समारोहको उद्घाटन ब्यांकका अध्यक्ष भरतराज ढकालले गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा ब्यांकले योगदान दिने प्रतिबद्धता जनाए।
यसका साथै, ब्यांकले देशभरका शाखामा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको छ। ब्यांकले विद्यालयमा स्टेशनरीका सामग्री तथा फर्निचर वितरण, अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विद्यार्थीलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, पुस्तकालयलाई कुर्सी सहयोग लगायत काम गरेको छ।