माओवादीले टुङ्गो लगायो राष्ट्रिय सभा उम्मेदवार
नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट राष्ट्रिय सभामा उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आले मगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाउन लागेको हो।
१९ पदका लागि १२ माघमा हुने राष्ट्रिय सभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विरुद्ध सत्तारूढ दलहरूले गठबन्धन गर्ने भएका छन्। माओवादीले आफ्नो भागमा परेको पाँच सीटमा उठाउने उम्मेदवारको नाम तय गरेको हो।
एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै उम्मेदवार तय गरिसकेका छन्।