काठमाडौं उपत्यकामा नाघे दुई हजार सक्रिय सङ्क्रमित
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सोमबार देशभर ३२६ सङ्क्रमित थपिएका छन्। आज देशभर १२ हजार ४९८ जनाको स्वाब परीक्षण गरिएको थियो।
आज थपिएका सङ्क्रमितमा सबैभन्दा बढी काठमाडौंमा रहेका छन्। काठमाडौंमा १४० सङ्क्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा २८ र भक्तपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ। जसमध्ये काठमाडौंमा एक हजार ४४, ललितपुरमा ५८४ र भक्तपुरमा ५०२ सक्रिय सङ्क्रमित छन्। जबकि, देशभर पाँच हजार पाँच सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९८ पुगेको छ।
सोमबार २५५ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख १२ हजार ६७४ पुगेको छ।
आज तीन लाख ४४ हजार ४४ जनालाई खोप लगाइएको छ। अहिलेसम्म एक करोड ४३ लाख ६० हजार ६८३ जनाले पहिलो डोज र एक करोड पाँच लाख ९७ हजार ७९७ जनाले पूर्ण खोप पाएका छन्।