मोरिसस विरुद्ध खेल्न प्रारम्भिक टोली घोषणा, विमल एक वर्षपछि राष्ट्रिय टोलीमा
मोरिसस विरुद्ध हुने मैत्रीपूर्ण फूटबल प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ३४ खेलाडी छनोट गरेका छन्। प्रारम्भिक टोलीमा विमल घर्ती मगर पनि परेका छन्। उनी एक वर्षपछि राष्ट्रिय टोलीमा परेका हुन्।
गत वर्षको पुसमा अभ्यास खेलका क्रममा घाइते भएका थिए। उनको दायाँ घुँडामा चोट लागेको छ। उनले भर्खरै मच्छिन्द्र फूटबल क्लबबाट शहीद मेमोरियल ‘ए’ डिभिजन लिग खेलेका थिए।
नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ। पहिलो खेल १५ माघमा र दोस्रो खेल १८ माघमा हुने भएको छ।
प्रारम्भिक टोली : विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुष घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, विमल घर्ती मगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंंशी, गौतम श्रेष्ठ, कमल थापा, कृत्तिशरत्न छन्जू, मनीष डाँगी, नवीन गुरुङ, नितिन थापा, पूजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, सुशील राई र तेज तामाङ।