३२ अंकले बढ्यो नेप्से, परिसूचक २६१७ बिन्दुमा
सोमबार शेयर बजार परिसूचक (नेप्से) ३२.०३ अङ्क (१.२४) प्रतिशतले बढेको छ।
२५९५.२२ बिन्दुबाट शुरू भएको बजार उतारचढाव हुँदै २६१६.९४ बिन्दुमा पुगेर रोकिएको हो।
आज उत्पादन बाहेक सबै उपसमूहको सूचक बढेको छ। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ७.०४ प्रतिशतले बढेको छ। त्यसै गरी, लघुवित्त २.८८, फाइनान्स २.०५ र लगानी उपसमूहको सूचक १.८७ प्रतिशतले बढेको छ।
आज मध्यभोटेकोशी जलविद्युत् कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यसै गरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.३८, साल्ट ट्रेडिङ कर्पोरेशनको ८.१४ र फस्ट माइक्रोफाइनान्सको शेयर मूल्य ७.८३ प्रतिशतले बढेको छ।
सोमबार २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।