ग्लोबल एनक्यापको सुरक्षा सूचीमा ८ मध्ये ६ कार टाटाका
पछिल्लो समय गाडी खरीदकर्ताका लागि सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ।
स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योग ग्लोबल एनक्यापमा नै विश्वास गर्छन्। ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्याङ्कनका लागि गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ।
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर, सफारी र पन्च उत्पादन गर्दछ।
यी कारमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षामा ५ स्टार प्राप्त गरेका छन्। टियागो, टिगोर, टिगोर इभीले ४ स्टार पाएका छन्।
ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये ६ वटा कार टाटा मोटर्सका परेका छन्।
टाटा मोटर्सले व्यावसायिक र निजी दुवै प्रयोजनका गाडी उत्पादन तथा बिक्री गर्दै आएको छ।