स्ट्याण्डर्ड चार्टर्ड ब्यांकको डेपुटी सीईओमा गोरख राणा नियुक्त
स्ट्याण्डर्ड चार्टर्ड ब्यांक नेपालले १ जनवरी २०२२ देखि लागू हुने गरी गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त गरेको छ।
राणासँग ब्यांकिङ क्षेत्रमा २७ वर्ष काम गरेको अनुभव छ। उनी सन् १९९४ मा स्ट्याण्डर्ड चार्टर्ड ब्यांकको रिटेल र प्राइभेट ब्यांकिङ शाखा अन्तर्गत आबद्ध भएका थिए। त्यसपछि, कर्पोरेट र संस्थागत ब्यांंकिङ, रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज लगायतमा भूमिका निर्वाह गरिसकेका छन्।
राणाले डेपुटी सीईओका रूपमा ग्लोबल ब्यांकिङ प्रमुखको जिम्मेवारी समेत पाएका छन्।