सात हजार स्वाब परीक्षण गर्दा २१६ मा कोरोना
कोभिड–१९ को परीक्षण घटेपछि आज सङ्क्रमितको सङ्ख्या पनि घटेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सात हजार ६३१ जनाको स्वाब परीक्षण गर्दा २१६ जनामा कोरोना देखिएको छ। शनिबार २० हजार ९५९ जनाको स्वाब परीक्षण गर्दा ३८२ जनामा कोरोना पुष्टि भएको थियो।
आज सङ्क्रमण देखिकामध्ये पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जनामा र एक हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ।
त्यस्तै, कोरोनाबाट २०९ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख १२ हजार ४१९ पुगेको छ।
आज देशभर एक लाख ३३ हजार ८१२ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनको सङ्ख्या एक करोड ४१ लाख १८ हजार २७ पुगेको छ। अहिलेसम्म एक करोड चार लाख ९६ हजार ४०१ जनाले पूर्ण खोप पाइसकेका छन्।