सन्राइज ब्यांक लिमिटेडले ६.६५ प्रतिशत बोनस शेयर बाँड्ने
सन्राइज ब्यांक लिमिटेडको १४औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर बाँड्ने भएको छ।
६.६५ प्रतिशतका दरले रु.६३ करोड ९ लाख बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५ प्रतिशत दरले हुन आउने रकम रु.३ करोड ३२ लाख वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
ब्यांकको हाल चुक्ता पूँजी रु.९ अर्ब ४८ करोड ७९ लाख छ। बोनस शेयर वितरण पश्चात रु.१० अर्ब ११ करोड ८८ लाख कायम हुने छ।
सन्राइज ब्यांकका देशभर १३९ शाखा, ८३ वटा शाखारहित ब्यांकिङ इकाइ, १२ एक्सटेन्सन काउण्टर र १५७ वटा एटीएम काउन्टर छन्।