रियलमीको सर्भिस सेन्टर स्थापना
रियलमीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा सर्भिस सेन्टर स्थापना गरेको छ।
बिहीबार स्थापना गरिएको सर्भिस सेन्टरबाट उद्घाटनको अवसरमा विभिन्न छूटका योजना ल्याइएको छ।
१५ पुसबाट दुई हप्तासम्म वारेन्टी सकिएको मोडलमा ३० प्रतिशतसम्म छूट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छूट र निःशुल्क सर्भिसिङ तथा क्लिनिङको सुविधा दिइएको छ।
रियलमीले १२ हजारदेखि ६१ हजार रुपैयाँसम्मका स्मार्टफोन बिक्री गर्दै आएको छ। रियलमी छैटौं ठूलो स्मार्टफोन कम्पनी हो। यो ६१ देशमा बिक्री-वितरण हुँदै आएको छ।