सानिमा ब्यांकको नयाँ वर्ष योजना
नयाँ वर्ष २०२२ को अवसरमा सानिमा ब्यांकले ‘सानिमा सजिलो ई–ब्यांकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ।
योजना अन्तर्गत ग्राहकले सानिमा सजिलो ई–ब्यांकिङ मार्फत कारोबार गरी आकर्षक पुरस्कार जित्न सक्नेछन्।
यस योजनामा तीन जना ग्राहकले आइफोन १३, दुई जनाले बाली–इन्डोनेसिया भ्रमण र पाँच जनाले पोखरा भ्रमणको पुरस्कार प्राप्त गर्ने ब्यांकले जनाएको छ।
त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु.१०० क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन्।
यस योजनामा सहभागी हुनका लागि ग्राहकले मोबाइल ब्यांकिङ एप ‘सानिमा सजिलो ई–ब्यांकिङ’ प्रयोग गरी तीन महीनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ।
यो योजना १ जनवरीदेखि ३१ मार्च २०२२ सम्म लागू हुने ब्यांकले जनाएको छ। सानिमा ब्यांकका देशभर ११९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन्।