ईबीएल–टच २४ ओम्नी च्यानलमा अपग्रेड
एभरेष्ट ब्यांक लिमिटेडले ईबीएल–टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ।
अपग्रेड गरिएको मोबाइल ब्यांकिङ सेवाले ग्राहकलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्म प्रयोग गर्न सहज बनाउने ब्यांकले जनाएको छ।
ब्यांकले १०५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर र १३८ एटीएम मार्फत ब्यांकिङ सेवा प्रदान गर्दै आइरहेको छ।