ग्लोबल आइएमई ब्यांकको क्यास ब्याक अफर
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले १५औं वार्षिकोत्सवको अवसरमा कार्ड तथा डिजिटल ब्यांकिङ मार्फत गरिने कारोबारमा छूट तथा क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।
पहिलो पटकको क्यूआर कारोबार, पस मेसिन मार्फत गरिने कारोबार तथा ईकम कारोबारमा १५ प्रतिशत अथवा रु.३०० सम्म क्यास ब्याक प्रदान गर्ने ब्यांकले जनाएको छ।
ब्यांकले १५ पुसदेखि एक महीनासम्मका लागि मोबाइल ब्यांकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने पनि जनाएको छ।
ग्लोबल आइएमई ब्यांकका ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित ब्यांकिङ सेवा छन्।
ब्यांकले ४८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करीब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।