काठमाडौंमा हिउँदे वर्षा (तस्वीरहरू)
मंगलबार रातिदेखि काठमाडौं उपत्यका लगायत देशभर हिउँदे वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली बुधबार देशैभरि फैलिएको हो।
जसले गर्दा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ। वर्षासँगै देशभरको तापक्रम घटेको छ।