सहकारी संस्थाका लागि सन्राइज ब्यांकको डेबिट कार्ड
सन्राइज ब्यांकले सहकारी संस्थाको लागि को–ब्रान्डेड डेबिट कार्ड जारी गरेको छ।
ब्यांकले पायोनियर एसोसिएट्स प्रालि, आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सहकार्य गरी डेबिट कार्ड जारी गरेको हो।
ब्यांकले पहिलो चरणमा कार्ड जारी गर्न चार सहकारी संस्थासँग सम्झौता गरेको छ।
यसमा कार्ड मार्फत हुने कारोबारको लागि सन्राइज ब्यांकले सेटलमेन्ट ब्यांकको भूमिका निर्वाह गर्नेछ। ग्राहकलाई डेबिट कार्ड जारी गर्ने सन्दर्भमा आवश्यक अन्य प्रक्रिया सम्बद्ध सहकारीले गर्नेछन्।