नबिल ब्यांक, दराज र आइमार्कबीच साझेदारी
नबिल ब्यांकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि सम्झौता गरेको छ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै वेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ।
सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकले अब नबिल स्मार्टपोसभित्र उपलब्ध सुविधा मार्फत भुक्तानी गर्न सक्नेछन्।
दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोस मार्फत ग्राहकलाई भुक्तानी सुविधा प्रदान गर्ने जनाएको छ।
आइमार्कले ब्यांकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ।